
स्टक होम । दक्षिण कोरियाली लेखक हान काङलाई नोबेल साहित्य पुरस्कार दिइने भएको छ ।
५३ वर्षीया हानलाई ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने उहाँको तीव्र काव्यात्मक गद्यका लागि नोबेलबाट सम्मानित गरिएको स्विडिश एकेडेमीले जनाएको छ । मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बन्नुभएको छ ।
लघुकथा लेखक एवं उपन्यासकार हान उहाँको पुस्तक ‘द भेजिटेरियन’ का लागि सबैभन्दा बढी परिचित हुनुहुन्छ । सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अङ्ग्रेजीमा अनुवाद गरिएको उहाँको पहिलो उपन्यास हो । तीन भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र त्यसले उनको व्यक्तिगत जीवनमा पार्ने विनाशकारी परिणामहरूको विवरण दिन्छ ।
हान ‘म्यान बुकर इन्टरनेशनल पुरस्कार विजेतासमेत हुनुहुन्छ । उहाँको २००७ मा प्रकाशित उपन्यास ‘द भेजिटेरियन’ ले उक्त पुरस्कार जितेको थियो ।
सन् १९१० देखि प्रदान गरिँदै आएको साहित्यतर्फको नोबेल जित्ने उहाँ १८ औं महिला हुनुहुन्छ ।
उहाँ साहित्यसँगै अन्य क्षेत्रमा पनि क्रियाशिल हुनुहुन्छ । नोबेल पुरस्कार बोर्डले उहाँलाई संगीत र कलामा आफूलाई समर्पित गर्ने व्यक्तिको रुपमा पनि चर्चा गरेको छ ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन