
लन्डन । नेपालमा हालै भीषण बाढी र पहिरोबाट प्रभावितहरुका लागि सक्दो सहयोग सहयोग गर्न गर्न हेल्प नेपाल नेटवर्क युकेको अपिल गरेको छ ।
शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आएको संस्था, हेल्प नेपाल नेटवर्क युकेले संसार भरिरहेका नेपालीहरु तथा नेपालका मित्रहरुलाई पीडित नागरिकका निम्ति सहयोग गर्न आह्वान गरेको हो ।
हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले भन्नुभयो, ‘हामीलाई नेपालमा बाढीपीडित परिवारहरुका लागि खाद्यान्न, औषधि, टेन्ट, जस्तापाता, कपडा, पानी शुद्ध गर्ने सामग्री, ब्ल्यांकेट लगायतका सामग्रीको माग आइरहेको छ । विगतमा झैं यो मानवीय कार्यमा सघाउन हामी बेलायतमा रहनुभएका प्रवासी नेपालीहरु, नेपाली संघसंस्था तथा नेपालका मित्रहरुलाई हार्दिक अपिल गर्दछौं ।’
उहाँले संकलित सम्पूर्ण रकम बाढी तथा पहिरो पीडितहरुको सहयोगार्थ पठाइने र कुनै पनि प्रशासनिक काममा खर्च नगरिने पनि जनाउनुभयो । हेल्प नेपाल नेटवर्क युके च्याप्टरले तलका लिंकमा गएर सहयोग गर्न अपिल गरेको छ । https://www.justgiving.com/page/nepal-flood-relief-2024
गत सेप्टेम्बर महिनाको अन्तिम साता नेपालमा भएको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २ सय ४४ जनाभन्दा बढीको ज्यान गएको छ भने अरु कैयौं बेपत्ता भएका छन् । त्यस्तै पूर्वाधार, बालीनाली, निजी घर जग्गासमेत अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ।
यसैबीच हेल्प नेपाल नेटवर्क नेपाल शाखाले सिन्धुपाल्चोक, काभ्रे र दोलखाका विभिन्न स्थानमा जस्तापाता, त्रिपाल, खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री वितरण गरिरहेको शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले जानकारी दिनुभएको छ ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन