
काठमाडौँ । विश्वका १४ अग्ला हिमाल आरोहणमा पूर्वब्रिटिस आर्मी निर्मल पूर्जा मगर (निम्सदाई) र सबैभन्दा कान्छो आरोही निमा रिन्जी शेर्पाले पुरक अक्सिनबिना सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ ।
निम्सदाइले सगरमाथासहित विश्वका १४ अग्ला हिमाल बोतल अक्सिजनबिना सबैभन्दा चाँडो आरोहण गर्ने नयाँ कीर्तिमान बनाउनुभएको छ । आरोही पूर्जाले मंगलबार चीनमा पर्ने ८ हजार १२ मिटर अग्लो हिमाल अक्सिजन बोतलको सहायताबिना आरोहण गर्नुभएको थियो । पूर्जाले सामाजिक सञ्जालमार्फत भर्नुभएको छ, ‘एकपटक फेरि इतिहासको रचना भएको छ, पूरक अक्सिजनबिना विश्वकार १४ अग्ला शिखर २ वर्ष ४ महिना २८ औं दिनमा आरोण गरेको छु ।’
पूर्जाले यसअघि यी सबै हिमाल अक्सिनको सहायताले आरोहण गर्नुभएको थियो । यसमा पनि उहाँ सबैभन्दा चाँडो आरोहण गर्ने विश्वकै पहिलो आरोही हुनुहुन्थ्यो । पूरक अक्सिनको सहायतासहित र रहित पूर्जाले यी सबै १४ अग्ला हिमालमा ५ वर्ष ५ महिना १२ औं दिनमा भ्याउनुभएको छ ।
उहाँको यो अभियान २३ अप्रिल २०१९ बाट सुरु भएको थियो । पूर्जाले ८ हजार अग्ला हिमालहरुमा हालसम्म ४९ औं पटक आरोहण गरिसक्नुभएको छ ।
संखुवासभाको मकालुका निमा रिन्जीले बुधबार चीनमा पर्ने विश्वको १४औं अग्लो हिमाल सिसापाङ्मा आरोहण गर्नुभएको काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ । शेर्पा अहिले १८ वर्षको हुनुहुन्छ । सगरमाथासहित विश्वका सबै हिमाल सबैभन्दा कम उमेरमा आरोहण गर्नेमा उहाँ विश्वकै पहिलो भएको सेभेन समिटले जनाएको छ ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन