
लन्डन । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) र भूतपूर्व सैनिक कल्याणकारी समिति नेपाल (नेपाल टिम) बीच संयुक्त जुम मिटिङ सम्पन्न भएको छ ।
आइतबार ६ अक्टुबर २०२४ मा सीएनसीबीजीका अध्यक्ष थर्क रानाको अध्यक्षतामा भएको बैठकले नेपाल टिमसँग मिलेर निकट भविष्यमा नेपालमा बृहत् दबाबमूलक कार्यक्रम गर्ने, हालैको बाढी, पहिरो र डुबान पीडितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत उपलब्ध गर्नेलगायत ८ बुँदे निर्णय भएको विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
बैठकमा नेपाल टिमबाट संस्थाका उपाध्यक्ष हुमबहादुर थापा र वरिष्ठ अधिवक्ता एवं संस्थाका सचिव चेत आलेलगायत दुवै कमिटीका गरी १८ जनाको उपस्थिति थियो ।
यस्ता छन् सीएनसीबीजी र भूतपूर्व सैनिक कल्याणकारी समिति नेपालबीच जुम मिटिङका निर्णयहरु
१. सर्वप्रथम अध्यक्ष रानाले संस्थाको सीएनसीबीजीको अहिलेको अवधारणा के हो र कसरी नेपाल टिमसँग मिलेर हाम्रो कार्यक्रमलाई दबाबमूलक र सफल बनाउन सकिन्छ भनेर सुनाउनु भयो ।
२. त्यसपछि अध्यक्षको अवधारणालाई मध्यनजर गर्दै आफ्नो धारणा राख्ने क्रममा भूपू सैनिक कल्याणकारी समितिका सचिव चेत आलेज्यूले हामीले प्रधानमन्त्री र मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएका छौं र फेरी पनि बुझाउनु पर्छ तपाईंहरुले बेलायतमा मात्र होइन् नेपलमा भएका गोर्खााहरु र उनीहरुको परिवारहरुलाई पनि अभियानमा सरिक बनाउन प्रेरित गर्नुपर्छ । यदि नेपाल सरकारले हाम्रो मागको वास्ता गरेन र संवोधन गरेन भने हामी visible हुनेगरी गरी वा हाम्रो मुद्दा अदालात दर्ता गर्न जानुभन्दा पहिला विभन्न कोण र समाजबाट व्यापक जनदबाब सिर्जना गर्नेगरी कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै अहिले नेपाल सरकारले नागरिकता सम्बन्धमा छुट्टै एउटा संसदीय समिति गठन गरेको छ सीएनसीबीजीले उक्त समितिसंग पनि समान्वयन गर्नुपर्नेमा उहॅाले थप सुझाव दिनुभयो ।
४. त्यस्तै समितिका उपाध्यक्ष हुम बहादुर थापाज्यूले हालै नेपालमा गएको बाढी, पहिरोबाट पीडितहरुका लागि गरिने राहत संकलन सिधै प्रधानमन्त्रीलाई बुझाउँदा उहाँलाई भेटने समय मिलाउन पनि सजिलो हुने र हाम्रो मागको बारेमा कुरा गर्न पनि मौका पाउने मिल्ने भएकोले त्यसकोलागि उहाँले नेपाल टिमबाट पनि सहयोग रकम उठाउने आश्वासन दिनु भयो ।
६. छलफलको क्रममा हालैको दिनमा विभिन्न गोर्खााजन्य संस्थाहरुमा पुगेर सचेतनामूलक कार्यक्रमहरु गर्दा उत्साह जागएको तर उत्साहजनक रुपमा मेम्बरशीप भने नबनेकोले अब कार्यक्रम स्थलमै सदस्यता बनाउन जोड दिने ।
७. सबैलाई आकर्षण र पारदर्शी गराउन संस्थाको वेबसाइट बनाउने ।
८ सीएनसीबीजीले बेलायतमा बाढी, पहिरो र डुबान पीडितहरुको लागि राहत संकलन गर्ने अन्तिम मिति ५ मंगलबारको दिनसम्म राख्ने । त्यसदिन जे जति रकम जम्मा हुन्छ हिसाब किताब गरेर नेपल टिमलाई पठाउने। यो एउटा मानवले अर्को पिडामा परेको मानवमाथि देखाउने सद्भाव र भएकोले तपाईं हामी यहाँ मनोरञ्जनमा सयौं पाउण्ड खर्च गर्छौं । त्यसको ठाउॅमा आफ्नो खर्च अलिकति कम गरेर भएपनि यस्तो कल्याणकारी कार्यमा १०/१५ पाउण्ड सहयोग गर्नहुन हामी सबैमा अव्हान गर्दछौं । उक्त रकम सॅकलन बन्द गरेको दिन हिसाब किताब गरेर सहयोग दाताहरुको विवरण सहित नेपाल टिमलाई पठाउने र नेपाल टिमले एकमुष्ट रुपमा प्रधानमन्त्रीलाई बुझाउने ।
अन्तमा: अध्यक्ष थर्क रानाज्यूले अब छिट्टै नेपाल टिम र सीएनसीबीजीले नेपालमा एउटा दबाबमुलक वृहत कार्यक्रम गर्ने साथै यहॅा बेलायतमा अक्टोबर महिनामा बेलायतकालागि नेपाली राजदूत आएपछि दूतावास पुगेर ज्ञापनपत्र बुझाउने र पहिला बुझाएको ज्ञापनपत्रको बारेमा सरकारको धारणा माग्ने । नेपालमा ज्ञापनपत्र बुझाउन र कार्यक्रम तय गर्न उपाध्यक्ष दल बहादुर बुढाथोकी र नेपाल टिमलाई समन्वय गरेर कार्यक्रम तय गर्ने जिम्मा दिंदै हाम्रो माग भनेको गोर्खाा र नीजका सन्ततिहरुको निम्ति वंशजको नेपाली नागरिकता नै हो । त्यो एक सुत्रिय मागमा हामीहरु स्पष्ट छौं भन्दै समापन गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने