
लन्डन । बेलायत, अमेरिका र युरोपेली संघलगायतका १२ देशले लेबनानमा अस्थायी युद्धविरामको लागि आह्वान गरेका छन् । शत्रुता असहनीय भएको र सीमा क्षेत्रमा जारी जोखिम इजरायल वा लेबनानका जनताको हितमा नभएको ती देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
तीन साता लामो युद्धविरामले द्वन्द्व अन्त्यका लागि कूटनीतिक समाधानका लागि ठाउँ प्रदान हुने र गाजामा युद्धविराम गर्न सम्भव हुने उनीहरूले जनाएका छन् । विज्ञप्तिमा बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारले हस्ताक्षर गरेका छन् ।
सोमबारयता इजरालले लेबनानमा गरेका हवाई आक्रमणमा ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ । कम्तीमा १८ सय जना घाइते भएका जनाइएको छ । आक्रमणका कारण दक्षिणी लेबनानबाट दशौं हजार विस्थापित भएका छन् । गत वर्ष अक्टुबर ७ मा गाजामा युद्ध सुरू भएयता इजरायल र हेजबुल्लाहबीच सीमापार आक्रमण जारी छ ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि