काठमाडौँ । नेपालबाट सहकारीको बचत रकम ठगेर भागेकामध्ये ५ जना बेलायतमा रहेको तथ्य सार्वजनिक भएको छ ।

सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले शुक्रबार सार्वजनिक प्रतिवेदनमा २९ जना फरारमध्ये ५ जना बेलायतमा रहेको उल्लेख छ । समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.को पैसा ठगेर भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन‚ सरला महर्जन, निमित्तराज श्रेष्ठ बेलायतमा रहेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
यस्तै स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को रकम ठगी गरेर गितेन्द्रबाबु राई (जीबी) मलेसियामा रहेको प्रतिवेदनमा लेखिएको छ । फरार भएकै कारणले उनीसँग बयान लिन नसकिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
फरारको सूचीमा रहेका उनीहरूलाई उपलब्ध गराइदिन समितिले सरकारलाई निर्देशन दिएको प्रतिवेदनमा लेखिएको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा