
ग्रीस । मध्य ग्रीसको बन्दरगाह शहर भोलोसमा मरेका माछाहरू डुबानमा फसेपछि सरकारले सफाइका लागि एक महिना सङ्कटकालको घोषणा गरेको छ ।
मरेका माछाका कारण स्थानीय बासिन्दाहरूको सामान्य जनजीवनमा खतरा उत्पन्न हुनसक्ने भन्दै सफाइका लागि संकटकाल घोषणा गरिएको एथेन्स समाचार एजेन्सीले जनाएको छ । त्यहाँको जलवायु मन्त्रालयका नागरिक सुरक्षामामिलामन्त्री भासिलिस पापाजर्जिउले जारी गरेको एक महिना लामो सङ्कटकालको घोषणाले पागासेटिक गल्फ पोर्ट (बन्दरगाह)को सफाइलाई गति दिन कोष र स्रोत जुटाउने र प्रयोग गर्नेछ । भोलोसको समुद्री किनार र नदीहरूमा कैयौँ टन मरेका माछाहरू थुप्रिएका छन् ।
एथेन्सको उत्तरमा रहेको भोलोस बन्दरगाहमा गत वर्ष आएको विनाशकारी बाढीपछि आएको यो दोस्रो वातावरणीय विपत्ति हो । बाढीले सन् १९६२ मा औलोविरुद्ध लड्नका लागि निकालिएको नजिकैको तालमा सामान्य अवस्थामाभन्दा तीन गुणा पानी जम्मा भएको थियो । अहिले बाढीको प्रभाव कम हुँदा तालको पानी ह्वात्तै घटेको र यसले गर्दा तातो पानीका माछाहरू भोलोस बन्दरगाहतिर गई मरेपछि शहरभरी दुर्गन्ध फैलिएको छ ।
मङ्गलबारमात्रै अधिकारीहरूले भोलोस नजिकैको समुद्री किनारमा बगाइएका ५७ टन मरेका माछा हटाएका समाचारहरुमा जनाइएको छ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि