
लन्डन । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार बेलायतका नयाँ प्रधानमन्त्री केयर स्टार्मरसँगको पहिलो कुराकानीमा बेलायतसँग ‘साझा जित’ हासिल गर्ने आशा व्यक्त गर्नुभएको सरकारी टेलिभिजन सिसिटिभीले बताएको छ ।
सिसिटिभीका अनुसार शुक्रबार दिउँसो दुवै नेताबीच फोनमा भएको कुराकानीमा सीले गत महिना प्रधानमन्त्रीको भूमिका ग्रहण गरेकामा स्टार्मरलाई बधाई दिनुभयो । सीलाई उद्धृत गर्दै भनिएको छ, “बेलायत पक्षसँग चीन आपसी सम्मानको आधारमा समान वार्ता गर्न इच्छुक छ र वित्त, हरित अर्थतन्त्र, कृत्रिम बौद्धिकता आदिका क्षेत्रमा सहयोग विस्तार गर्नेछ ।”
राष्ट्रपति सीले ‘चीन–बेलायत सम्बन्धहरूको आधारभूत स्वरलाई पारस्परिक लाभ र साझा जित बनाउनु’ आफ्नो लक्ष्य रहेको बताउनुभएको सिसिटिभीले उल्लेख गरेको छ । चिनियाँ प्रधानमन्त्री लि छ्याङ जुलाई ७ मा दुई दिनअघि स्टार्मर प्रधानमन्त्री बन्नुभएकामा सार्वजनिक रूपमा बधाई दिने मुलुकको पहिलो वरिष्ठ नेता हुनुहुन्थ्यो ।
बेलायतको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ सम्म चीन बेलायतको पाँचौँ सबैभन्दा ठूलो व्यापारिक साझेदार थियो तर पूर्वबेलायती उपनिवेश हङकङकमाथि बेइजिङको कडा नियन्त्रणलाई लिएर दुवै मुलुकबीच विवाद भएपछि हालैका वर्षहरूमा कूटनीतिक सम्बन्ध चिसिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी