
लन्डन । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार बेलायतका नयाँ प्रधानमन्त्री केयर स्टार्मरसँगको पहिलो कुराकानीमा बेलायतसँग ‘साझा जित’ हासिल गर्ने आशा व्यक्त गर्नुभएको सरकारी टेलिभिजन सिसिटिभीले बताएको छ ।
सिसिटिभीका अनुसार शुक्रबार दिउँसो दुवै नेताबीच फोनमा भएको कुराकानीमा सीले गत महिना प्रधानमन्त्रीको भूमिका ग्रहण गरेकामा स्टार्मरलाई बधाई दिनुभयो । सीलाई उद्धृत गर्दै भनिएको छ, “बेलायत पक्षसँग चीन आपसी सम्मानको आधारमा समान वार्ता गर्न इच्छुक छ र वित्त, हरित अर्थतन्त्र, कृत्रिम बौद्धिकता आदिका क्षेत्रमा सहयोग विस्तार गर्नेछ ।”
राष्ट्रपति सीले ‘चीन–बेलायत सम्बन्धहरूको आधारभूत स्वरलाई पारस्परिक लाभ र साझा जित बनाउनु’ आफ्नो लक्ष्य रहेको बताउनुभएको सिसिटिभीले उल्लेख गरेको छ । चिनियाँ प्रधानमन्त्री लि छ्याङ जुलाई ७ मा दुई दिनअघि स्टार्मर प्रधानमन्त्री बन्नुभएकामा सार्वजनिक रूपमा बधाई दिने मुलुकको पहिलो वरिष्ठ नेता हुनुहुन्थ्यो ।
बेलायतको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ सम्म चीन बेलायतको पाँचौँ सबैभन्दा ठूलो व्यापारिक साझेदार थियो तर पूर्वबेलायती उपनिवेश हङकङकमाथि बेइजिङको कडा नियन्त्रणलाई लिएर दुवै मुलुकबीच विवाद भएपछि हालैका वर्षहरूमा कूटनीतिक सम्बन्ध चिसिएको छ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन