
लण्डन । नेपाली कथानक चलचित्र ‘काँडेतार’ प्रदर्शन गर्न फिल्म लिएर कार्यकारी निर्मात्री गायिका सत्यकला राई अहिले युके आइ पुग्नुभएको छ ।
चलचित्रमा नेपालको राजनीति, ब्यापार र अन्य कुरामा मात्र होइन खुला सीमानाका कारण हुने अपराध, जनताले भोग्नुपर्ने सास्ती, थिचोमिचो, छिमेकी देशको हेपाहा प्रवृति विरुद्ध आत्मरक्षा र देशको अस्मिता रक्षाका लागि सामाजिक संजालमा मात्रै देशभक्तिको हुँकार लाएर होइन, युवाहरु जाग्नु पर्छ र देशको रक्षार्थ उठ्नु पर्छ भन्ने सन्देश दिएको छ ।
माटो, देश, इतिहास अनि जनताको सार्वभौमसत्ता सबैभन्दा महत्वपूर्ण हो, सिमानामा भइरहेको हिंसा, लुटपाट र हस्तक्षेप कति सहने ? देशको इज्जत नागरिकको इज्जत र समाजको सुरक्षा, देशमा सबैको अस्तित्वभन्दा ठूलो केही छैन भन्ने मूल संदेश बोकेको फिल्मको नेतादेखि चलचित्रकर्मी, पत्रकार, बुद्दिजीवी र देशभक्तहरुले सराहना गर्दै अत्यन्तै राम्रो प्रतिकृया दिए पनि फिल्मले चर्चा पाए जसरी सहज तरिकाले फिल्म चल्ने वातावरण भने मिलेन ।
चलचित्रले आफ्नो अस्मितामाथि धावा बोल्ने चाहे जो होस् त्यस विरुद्ध उभिन आँट गर्न जागरुक बनाउने र सिमानामा काँडेतार लगाएर देशको सुरक्षा गर्नु पर्ने कथा बोकेकै कारण सेन्सरदेखि प्रदर्शनसम्मै अनेक समस्या र विवादको घेराबन्दीका कारण नायक तथा निर्देशक नवल खड्काले चलचित्र चलिरहेकै अवस्थामा प्रदर्शन रोकेर हलबाट उतारेका थिए ।
चेली माइती इन्टरटेइनमेन्ट र न्यु होराइजनको सहकार्यमा ‘काँडेतार’ युकेमा सेप्टेम्बर १५ तारिख आइबार अल्डरसटको एम्पायर हलमा दिउँसो १ बजे पहिलो शो हुनेछ ।
सोही दिन दिउँसो ४:३० बजे दोश्रो शो गरेर युकेका विभिन्न स्थानमा ‘काँडेतार’ कार्यकारी निर्मात्री र सहनिर्माताहरुको उपस्थितिमा प्रदर्शन हुनेछ ।
सेन्सर गरेर आफ्नो चलचित्रको मर्म नै धरापमा पारेको र प्रदर्शनका क्रममा पनि अनेक बाधा ब्यबधानका कारण प्रदर्शन रोक्न बाध्य पारिएकाले दर्शकदीर्घामा आफैँले फिल्म पुर्याएर प्रदर्शन गर्न, सकेसम्म प्रयास गर्ने कुरा नायक तथा निर्देशक नवल खड्काले प्रष्ट पारिसक्नु भएको छ ।
माकिको राई, उज्वल केसी, नाडिया खड्का, शानिया खड्का र रोमियन लिम्बूको निर्माण, निर्देशक नवल खड्का, कलाकारहरूमा नवल खड्का, सुरविना कार्की, रेबिका गुरुङ, मुरलीधर, रोमियन लिम्बूलगायत अन्य रहेका छन ।
चलचित्र बेलायतमा भब्य सफल तरिकाले चलोस् र दर्शकहरुको मन जित्न सफल होस् शुभकामना ।
आफ्नो नजिक प्रदर्शन हुँदा फिल्म हेरेर फिल्मलाई नेपालमा चल्न नदिइनुका कारण केलाउनु होला ।
छिमेकीको थिचोमिचो कतिसम्म सहनु पर्ने हो ? कि सिमानामा काँडेतार नै लगाएर बस्नु पर्ने हो फिल्म हेरेपछि निर्णय गर्ने जिम्मा तपाईं दर्शकहरुलाई नै ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित