लन्डन । इलाम सोसाइटी यूकेको वार्षिक भेटघाट कार्यक्रम गत शनिवार फार्नबोरोस्थित सामुयल कोडी स्पोर्टस् सेन्टरमा सम्पन्न भएको छ । नेपालमा भूकम्पमा परि दिवंगतहरुको सम्झनामा एक मिनेट मौनधारण गरेसंगै कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रममा सोसाइटीका नयां कार्यकारिणी सदस्यहरुको परिचयसहित विभिन्न सांस्कृतिक प्रस्तुति भए । कार्यक्रममा प्रमुख अतिथी ताप्लेजुङ समाज सेवा यूकेका डा. चन्द्र लक्सम्बा, अतिथी पांचथर समाजसेवा यूकेका नगेन्द्र नेम्वाङ, सोसाइटीका अध्यक्ष कमल राई लगायतले मन्तव्य दिएका थिए । मन्तव्यका क्रममा अध्यक्ष राईले सोसाइटीको उद्देश्य र गतिविधिबारे प्रकाश पारे ।
महासचिव मुकेश राईले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमिला लाबुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम सञ्चालन चोक गुरुङले गरेका थिए । उक्त अवसरमा कलाकारहरुले विभिन्न मौलिक नाच तथा राष्ट्रिय गीत प्रस्तुत गरे ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो