
पोखरा । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुद्वारा वैवाहिक वर्षगाँठको अवसरमा स्थापित तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीमार्फत सञ्चालित ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार’ बाट अग्रज पत्रकार खेम सारुमगर सम्मानित हुनुभएको छ ।
फोनिज कास्कीको आयोजनामा शनिबार पोखरा, नयाँबजारस्थित तमु धिंमा भएको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार-२०८१ अर्पण कार्यक्रममार्फत फेटा, भांग्रा, प्रमाणपत्र र नगदसहित, प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ र कर्म तमुले मगरलाई सम्मान गर्नुभएको हो । मगर रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरा मालेपाटनमा विगत तीन दशकदेखि कार्यरत हुनुहुन्छ ।
पुरस्कृत भएपछि बोल्नुहुँदै सारु मगरले पुरस्कारले थप जिम्मेवारी र उर्जा मिलेको बताउनुभयो । उहाँका बारे नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दिपेन्द्र श्रेष्ठले बोल्नुभएको थियो । उक्त अवसरमा सांसद गुरुङले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजका लागि प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्याबिनेटबाट पास गरिसकेको सुनाउनुभयो । यसको ऐन बनाएर सुरुआत गर्नमात्र बाँकी रहेको पनि बताउनुहुँदै गुरुङले आगामी दिनमा सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार प्रदेशको तथ्यांकअनुसार मगरहरु १८ र गुरुङहरु ९ प्रतिशतले मात्र भाषा बोल्दै आएका छन् ।
कार्यक्रममा तमु धिंका संस्थापक अध्यक्ष कर्म तमु र फोनिजका संघीय सल्लाहकार हुमबहादुर तमुले समग्र आदिवासी जनजातिको अधिकारका लागि निष्पक्ष रुपमा कलम चलाउने विश्वास व्यक्त गर्नुभयो ।
फोनिज कास्कीका अध्यक्ष पञ्च सुब्बा (दिलप्रसाद) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बिनाकुमारी थापामगरले राख्नुभएको थियो । सचिव शुशील श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उक्त पुरस्कारबाट यसअघि पत्रकारहरु रिता गुरुङ, तिलक पुनमगर, हर्क आलेमगर, राजबहादुर गुरुङ, शान्ति गुरुङ, एम.बि. आस्थामगर, हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य, रुद्र श्रीसमगर, दीपेन्द्र श्रेष्ठ सम्मानित भैसक्नुभएको छ ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’