लन्डन । प्रथम किराती राजा यलम्बरको स्मृति दिवस बेलायतमा पनि धूमधामका साथ मनाइने भएको छ ।
किरात राई यायोक्खा बेलायतले विगतमा जस्तै यस वर्ष पनि आगामी १० अगस्टमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित दिवस तथा किरात हाउस खरिद वार्षिक उत्सव मनाउने तयारी गरेको हो ।
कार्यक्रम किरात हाउस गेम्बल्स लेनमा हुने यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले बताउनु भयो । उहाँका अनुसार उक्त दिन धनुषवाण रनिङसिल्ड प्रतियोगिता, यलम्बरहाङ स्मृति कप महिला तथा पुरुष भलिबल, एक तोला सुनको लक्की ड्र (भाग्योदय चिट्ठा) हुनेछ ।
यसैगरी, मास्टर डिग्रीभन्दा माथि शिक्षा हासिल प्राप्त वा कुनै पनि विधामा उत्कृष्ट व्यक्तिलाई सम्मान, किरात मूलघर खरिद गरेको विशेष वार्षिक उत्सव (दशौँ वर्षगाँठ), यलम्बर सांस्कृतिक सांगितीक शृंखलाजस्ता कार्यक्रम हुनेछन् ।
कार्यक्रममा उपस्थित भएर अवलोकन तथा मनोरञ्जन लिनका लागि अध्यक्ष राईले निमन्त्रणा गर्नु भएको छ ।
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]