
काठमाडौँ । विगत साढे एक दशकदेखि हङकङलाई कर्मथलो बनाउँदै आएकी बागलुङकी कवि जुनू रानाको प्रथम कविता कृति ‘रातो नदी’ को शनिबार नयाँबानेश्वरको थापागाउँस्थित मण्डला थिएटरको प्रेक्षालयमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाले विमोचन गरे । मञ्चमा आसिन अतिथिहरूले विमोचनमा काइँलालाई साथ दिएका थिए ।
कवि तथा प्राज्ञ शशी लुमुम्बूको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि काइँलाले सम्बोधन गर्दै पछिल्लो चेतनालाई पक्रेर कविता लेखिरहेका कविहरूका कवितामाथि चल्तीका भनिएका समालोचकहरूको आँखा नपुगेको बताए । उनले रत्न पुस्तक भण्डारद्वारा प्रकाशित कवि रानाको कविता कृतिभित्र राम्रा र बलिया कविताहरू रहेको उल्लेख गरे । काइँलाले भने, “नेपाली साहित्यले आज एउटा दर्विलो कृति पाएको छ । मूलधार भनिने एउटा पक्षले यो नहेरे पनि फरक पर्दैन । यस कृतिमा सबै थोक छन्, विषयवस्तुहरू ओजिला छन् । संरचना, विम्ब, प्रतीक र अलङ्कारको प्रयोग बढो राम्रो छ । कविले फारो गरेर शब्द चलाएकी छन् । ‘रातो नदी’ साँच्चिकै अब्बल कृतिका रूपमा आएको छ ।”
कवि तथा प्राज्ञ श्रवण मुकारुङले ‘कमन’ लागिरहेको विषयलाई कवि रानाले नयाँ कोणबाट प्रस्तुत गरेको बताए । उनले कविता लेखिरहेका धेरै समकालीन कविहरूको भिडमा कवि जुनू रानाको कविता कृतिले नयाँ तरङ्ग ल्याउने दावी गरे ।
कार्यक्रममा कवि तथा समालोचक डा. विन्दु शर्मा, कवि तथा सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र कवि तथा आख्यानकार विना थिङले विमोचित कृतिमाथि समीक्षात्मक मन्तव्य राखेका थिए ।
कवि रानाले आफ्नो कवितालेखनका बारेमा प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा प्राज्ञ तथा कवि डा. विप्लव ढकाल, गीतकार संघ, नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, सङ्गीतकार वसन्त मुकारुङलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कवि सीता तुम्खेवा, गायक यशकुमार र कलाकार अङ्कित खड्काले क्रमशः ‘रातो नदी’, ‘अनुपस्थिति’ र ‘जातको ब्रम्हाण्ड’ र तीनै जनाले संयुक्तरूपमा ‘म एक बेरङ रङ’ शीर्षकका कविता सङ्गीतमा प्रस्तुत गरेका थिए । कविताको सङ्गीत संयोजन गायिका झुमा लिम्बूको रहेको थियो । उक्त प्रस्तुतिमा यजु आचार्य, आदिश्री ढुंगाना र अरुणा गन्धर्वले वाद्यववादनमा साथ दिएका थिए ।
नयाँअनलाइन डटकमको आयोजनामा भएको कार्यक्रममा नयाँअनलाइनकी सहसम्पादक सिर्जना राईृले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण कलाकार यासेली योङहाङले गरेका थिए ।

बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा