
लण्डन । गोर्खा वरियर्स इभेन्टले जुन २९ र ३० मा बेलायतमा नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को प्रीमियर गर्ने भएको छ ।
२९ जुनमा सिने वर्ल्ड अल्डरसटमा हुने प्रीमियरमा चलिचत्रका अभिनेता दयाहाङ्ग राई पनि उपस्थित हुनेछन् ।
यस्तै जुन ३० को सो आसफोर्ड पिक्चर हाउसमा हुनेछ ।
बाँसुरी फिल्मको ब्यानरमा नविन सुब्बाद्वारा निर्देशित सो चलचित्रले नेपालको पूर्वी किरात बस्तीको राई समुदायको कथावस्तु बोकेको छ । यस चलचित्रको मुख्य भूमिकाको पात्रमा दयाहाङ् राई, पशुपति राई र बालकलाकार प्रशन राई रहेका छन् ।
निर्देशक सुब्बाले आफ्नो करियर थिएटर आर्टिस्टबाट सुरु गरेका हुन् । सन १९८८ मा रोयल नेपाल एकेडमीबाट सर्वोत्कृष्ट अभिनयको सम्मान पाएका छन् । उन्ले ‘नुमाफुङ्’, ‘गूड्बाई काठमाण्डू’ लगायत चलचित्र निर्देशन गरिसकेका छन् । नुमाफुङ् लिम्बु समुदायको कथावस्तु समेटिएको थियो र जस्ले दर्शकहरुको अपार माया पाएको थियो । यसपटक उनले राई समुदायको कथावस्तु प्रस्तुत गरेका छन् ।
सन् २०१५ मा बेलायतमा दर्ता भएको गोर्खा वारियर्सले विभिन्न ठूला ठूला साङ्गीतिक साँझ, अभिनेता र अभिनेत्रीहरुको साथमा चलचित्र प्रदर्शन गरिसकेको छ ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’