
लण्डन । युरोपेली युनियनबाहिरका आप्रवासीहरुका लागि उदार मानिएको पोर्चुगलमा आप्रवासीप्रति कडाइ गरिने भएको छ ।
पोचुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले सोमबार सम्बोधन गर्दै पोर्चुगलको ढोका खुला राख्न नसकिने बताएका हुन् ।
उनका अनुसार अब युरोपेली युनियनबाहिरका मानिसहरुलाई पर्यटक भिसामा पोर्चुगल आएर आवासीय भिसाका लागि आवेदन दिन बन्द गरिनेछ । हाल सो प्रावधानबाट आवेदन गरेका करिब ४ लाख आवेदकहरुको निवेदन विचाराधीन रहेको छ र सोको चाँडो निर्णयका लागि छुट्टै संयन्त्र बनाइएको र कर्मचारी थपिएको पनि उनले बताएका छन् ।
पोर्चुगलमा यसअघि युरोपेली मुलुकबाहिरका आप्रवासीलाई पोर्चुगलमा जागिर नभए पनि एक वर्ष सोसल सेक्युरिटी शुल्क तिरेपछि आवासीय अधिकारका लागि आवेदन गर्न पाउने व्यवस्था थियो ।
सो प्रावधानको खारेजीपछि अब आप्रवासीहरुले पोर्चुगल प्रवेशगर्नु अघि नै जागिर पाएको कागजात पेश गर्नुपर्नेछ । दक्षता हासिल गरेकाहरु, विद्यार्थीहरु र पोर्चुगिच भाषा वक्ताहरुलाई अब पोर्चुगलमा प्रवेश गर्न प्राथमिकता दिइने पनि बताएको छ ।
सरकारको यो योजनालाई दक्षिणपन्थीहरुले पर्याप्त नभएको प्रतिक्रिया दिएका छन् भने उदारवादीहरुले यसले आप्रवासीहरुलाई अमानवीय अवस्थामा धकेल्न सक्ने बताएका छन् ।
पोर्चुगलमा ८ लाख आप्रवासी रहेका अनुमान छ ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन