
लण्डन । गतवर्षको अन्त्यमा अप्रत्याशित रुपमा आर्थिक मन्दीमा परेको बेलायतको अर्थतन्त्र नयाँ वर्षको पहिलो तीन महिनामै मन्दीबाट बाहिर निस्किएको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले शुक्रबार बिहान सार्वजनिक गरेको आँकडाअनुसार बेलायतको अर्थतन्त्रमा यस वर्षको पहिलो तीन महिनामा निक्कै सुधार भएको पाइएको छ ।
जनवरीदेखि मार्चसम्मको पहिलो त्रैमासिकमा बेलायतको अर्थतन्त्र ०.६ प्रतिशतले बढेको छ । यो विश्लेषकहरुको अनुमानभन्दा पनि बढी हो । विश्लेषकहरुले सो अवधिमा बेलायतको अर्थतन्त्र ०.४ प्रतिशत मात्र रहने भविष्यवाणी गरेका थिए । यस वृद्धिलाई सन् २०२१ यताकै उच्च वृद्धि पनि मानिएको छ । यस वृद्धिसँगै बेलायतको अर्थतन्त्र अतिविकसित राष्ट्रहरु (जी सेभेन) को तहमा पुगेको छ ।
ओएनएसका अनुसार यस त्रैमासिकमा अर्थतन्त्र सुधार हुनुमा सेवा क्षेत्र, खुद्रा व्यापार, यातायात, स्वास्थ्य, कार उत्पादन लगायतका क्षेत्रहरुको योगदान रहेको छ तर निर्माण क्षेत्रमा भने अझै सुधार आउन नसकेको बताइएको छ ।
ओएनएसका अर्थशास्त्रीहरुले बेलायतका अर्थतन्त्रले लय पक्रेको र आगामी दिनमा अझै बढ्ने आशा व्यक्त गरेका छन् । तर यो सालको वृद्धि सुस्त गतिको हुने बताइएको छ । उच्च मुद्रास्फिति र उच्च ब्याजदरका कारण वृद्धि द्रुत नहुने भएको हो ।
बैँक अफ इंग्ल्याण्डले यो साल बेलायतको आर्थिक वृद्धिदर ०.५ प्रतिशत रहने विहीबार मात्र आँकलन गरेको छ ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल