
लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हरेक वर्ष आयोजना गर्दै आएको अभिव्यक्ति श्रृंखलामा यसवर्ष स्रष्टा दुतबहादुर पुन (चिम्खोले काइँला)ले आफ्ना सृजनाहरू प्रस्तुत गरे ।
शनिबार अल्डरसटस्थित सुसीमोटोको हलमा सम्पन्न अभिव्यक्ति श्रृंखलाको १७ औँ श्रृंखलामा उनले करिब एक घण्टामा कविता, गजल, मुक्तक, हाइकू सुनाउनुका साथै उनले रचेका गीतहरुमा बनेका केही म्यूजिक भिडियो पनि प्रस्तुत गरिएको थियो ।
पूर्वगोर्खा सैनिक चिम्खोले काइँलाले वाचन गरेका सृजनाहरूमा सैनिक जीवनको अनुभूति र भेद्भावहरू, बेलायतमा नयाँ जीवन सुरु गर्दा आइपरेका चुनौतीहरु, नेपालको निराशाजनक अवस्थाबाट उब्जिएको आक्रोश र जीवनका रोमान्टिक पाटाहरु समेटिएका थिए ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष टंक वनेमको अध्यक्षता र उपाध्यक्ष मिजास तेम्बेको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष देवेन्द्र खेरेसले दिएका थिए भने प्रमुख अतिथि गीतकार एकेन्द्र गुरुङले सृजनाहरुले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सन् २००७ देखि अभिव्यक्ति श्रृंखला संचालन गर्दै आएको छ ।

















तस्बिर सौजन्य : नेपाली प्रतिभा प्रतिष्ठान बेलायत
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता