
लन्डन । फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा शुक्रबार भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक एक गोल गरे । खेलमा पहिलो अग्रता भने क्रोएसियाले लियो । खेलको ५३ औँ मिनेटमा इभान पेरिसिसचले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको ६८ औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा रामोसले गोल गरे । त्यसयता खेलमा गोल हुन सकेन र पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको जित हासिल गर्यो । अब पोर्चुगलले अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
फिफा विश्वकप :पोर्चुगल विश्वकपको अन्तिम १६ मा
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न