
काठमाडौँ । नेपाल सरकार परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले यही असार २९ गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको भएको छ ।
विभागले शुक्रबार एक सूचनामार्फत नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी गरिसकेको जनाएको हो । साथै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला/ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने विभागले जनाएको हो ।
उक्त सूचनाअनुसार जिल्ला/इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म ३ दिनसम्म बन्द हुनेछ । त्यसैगरी, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुनेछ ।
साथै, यही असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सुचारु हुने बेहोरा विभागले जानकारी गराएको छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभागले क्षमाप्रार्थी गरेको छ । विभागले यसअघि गत फागुन २८ गते नै विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने सूचना जारी गरेको थियो ।

विदेशस्थित नेपाली नियोग र राहदानी विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने
प्राकृतिक जलवायु प्रणाली ‘एल निनो’ तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
हत्या प्रकरणमा एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
फिफा विश्वकप :पोर्चुगल विश्वकपको अन्तिम १६ मा
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान