
लन्डन । बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले अविवाहित आमाहरूबाट जन्मिएका अनुमानित एक लाख ८५ हजार शिशुहरूलाई जबरजस्ती धर्मपुत्र वा धर्मपुत्रीका रूपमा स्वीकार गराइएको घटनाको लागि औपचारिक रूपमा माफी माग्नुभएको छ । उहाँले यसलाई ‘देशको इतिहासमा कलङ्क’ भन्नुभएको छ।
उहाँले यो घटना सन् १९४९ देखि १९७६ सम्म इङ्ल्यान्ड र वेल्समा स्थानीय निकाय, स्वयंसेवी तथा धार्मिक संस्था, स्वास्थ्य र सामाजिक सेवाहरूमा प्रणालीगत रूपमा गाँसिएको बताउँदै आमाबाट छुट्टिनुपरेका सन्तानसँग माफी माग्नुभएको हो ।
“जुन आमाहरूलाई अयोग्य ठानियो, जसलाई आफूले अत्यन्त चाहेका बच्चाहरूको हेरचाह गर्नबाट रोकियो र जसले यो क्षति दशकौँदेखि बोकेका छन्, उनीहरूप्रति हामी अत्यन्त दुःखी छौँ,” स्टार्मरले बेलायतको संसद्मा सम्बोधनको क्रममा भन्नुभयो ।
धर्मपुत्र वा धर्मपुत्री राख्न बाध्य पारिएका यी घटनाहरूमा धेरै किशोरी आमाहरूलाई सामाजिक, संस्थागत र पारिवारिक दबाब दिएर बच्चा त्याग्न बाध्य पारिएको थियो । उनीहरूलाई शिशुलाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा हस्तान्तरण गर्नु नै एकमात्र विकल्प हो भन्ने विश्वास दिलाइएको थियो ।
“लाज तपाईंको होइन। लाज कहिल्यै तपाईंको थिएन। लाज हाम्रो हो,” स्टार्मरले पीडितलाई सङ्केत गर्दै भन्नुभयो ।
प्रधानमन्त्रीले माफीको लागि अभियान चलाउने जीवित मानिसहरूको प्रशंसा गर्दै उनीहरूले ‘दर्दनाक अनुभवहरू साझा गर्न देखाएको असाधारण साहस र सत्यका लागि पटक–पटक लडेको’ बताउनुभयो ।
“त्यागिएका सन्तान, हजारौँ आमा, बच्चा र परिवारसँग जे भयो, त्यो कहिल्यै नहुनुपथ्र्यो,” डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्रीको कार्यालयमा बाँचेकाहरूको समूहसँग भेटपछि उहाँले भन्नुभएको थियो ।
उहाँले भन्नुभयो, “यो हाम्रो इतिहासमा कलङ्क हो। धेरै जवान, असहाय र सहयोगविहीन आमाहरूलाई जबरजस्ती, धम्की वा भ्रममा पारेर आफ्ना बच्चाहरू गुमाउन बाध्य पारियो ।”
“जवान आमाहरूलाई भनियो कि उनीहरूले अनैतिक काम गरे र उनीहरूको बच्चा उनीहरूबिना नै सुन्दर जीवन बाँच्न सक्छन् । तर यो उनीहरूमा जीवनभरको पीडा बन्यो र यसले ठूलो प्रभाव पार् यो ।
उहाँले भन्नुभयो, “राज्यले आफूले उपलब्ध गराएको कोष र वैधानिकता दिएको प्रणालीको जिम्मेवारी लिन्छ, जसले यस्ता अभ्यासहरूलाई सम्भव बनायो । यो प्रणालीगत असफलताका लागि म साँच्चै माफी माग्छु ।”
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]