
कुमार केसी
लन्डन । नेपाल मुक्तक प्रतिष्ठान यूके शाखाको आयोजनामा जुन २७ का दिन ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भर्चुअल जुम माध्यमबाट भव्य रुपमा सम्पन्न भएको छ ।
नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यतामा मुक्तक सन्ध्या सम्पन्न भएको हो । कार्यक्रममा बेलायतका करिब २ दर्जन मुक्तककारहरूले आफ्ना समसामयिक र खारिएका रचनाहरू वाचन गरेका थिए ।
कार्यक्रम नेपाल मुक्तक प्रतिष्ठान यूकेका अध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षता र सचिव गङ्गा भण्डारीको संचालनमा भएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा मुक्तक सन्ध्या कार्यक्रमका संयोजक प्रतिमा केसी ‘प्रवासी’ले अतिथि तथा सहभागी सबैलाई स्वागत गर्नुभएको थियो । प्रतिष्ठानका सल्लाहकार डा. रुपक श्रेष्ठले यो कार्यक्रमको निरन्तरता र औचित्यबारे आफ्नो छोटो मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथिले आफ्नो शुभकामना मन्तव्य र उद्घाटन मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रममा गजलकार बिदेहमणि उपाध्याय, मुक्तककार संजीता देउजा, प्रतिष्ठानका सल्लाहकारत्रय डा. रुपक श्रेष्ठ सुमलकुमार गुरुङ र विनोद अधिकारी अथिति हुनुहुन्थ्यो ।
कार्यक्रममा मुक्तककारहरु रामकाजी कोने, कुमार केसी, नृपेश उप्रेती, बिनोद अधिकारी, प्रतिमा केसी ‘प्रवासी’, जीत बुढाथोकी छन्त्याल, अहिल्या कुँवर र मोहन आचार्य ‘जलद’, डा. रुपक श्रेष्ठ, राज श्रेष्ठ, सुमलकुमार गुरुङ, बिनोद अधिकारी, संजिता देउजा, गङ्गा भण्डारी, रबिन्द्रलाल जोशी र माया गुरुङले ३/३ वटा निकै प्रेमिल, रसिक तथा समसामयिक विषयमा मुक्तकहरु प्रस्तुत गर्नुभएको थियो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले प्रस्तुत मुक्तकहरूबारे समीक्षात्मक टिप्पणी गर्दै सबै रचनाहरू अत्यन्तै स्तरीय र मुक्तकको रचना विधानअन्तर्गत रहेको बताउनुभयो । मुक्तक विधाको विकास र विस्तारका लागि हालसम्म बेलायत शाखाले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै धन्यवादसमेत दिनुभयो ।
कार्यक्रममा हालै प्रकासित दुई मुक्तक कृतिहरू पोख्तक र चौसुलका लागि डा. रुपक श्रेष्ठलाई र युद्ध उपन्यास कर्मबीरका लागि सुमलकुमार गुरुङलाई कृति सफलताको शुभकामना तथा बधाई ज्ञापन गरिएको थियो भने अनेसास युकेका अध्यक्ष्य तथा मुक्तक प्रतिष्ठान युकेका कोषाध्यक्ष राज श्रेष्ठ अन्तरास्ट्रिय साहित्य समाजको केन्द्रीय उपाध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएकोमा सहभागी सबैले कार्यकाल सफलताको लागि बधाई दिनुभएको थियो ।
कार्यक्रमको अन्तमा अध्यक्ष्य दुर्गाप्रसाद पोखरेलले अतिथि तथा सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम निकै भव्य र सृजनाहरू स्तरीय रहेको कुरा बताउनुभयो।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा