लण्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा बाक्लो बसोबास रहेको रसमोर काउन्सिलको विहीबार भएको निर्वाचनमा उम्मेदवार रहेका सबै नेपाली उम्मेदवारहरु पराजित भएका छन् ।
१४ जना काउन्सिलरका लागि भएको निर्वाचनमा विगतमा काउन्सिलर रहेका जीव बेल्बासे र नेम थापा पराजित भएका छन् भने यस वर्ष काउन्सिलरको टिकट पाएका डा विशाल गुरुङ पनि पराजित भएका छन् । उनीहरु सबै कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका थिए ।
थापा उम्मेदवार रहेको चेरीवुड वडामा लेबरका उम्मेदवार विल ओडोनोभानले जितेका छन् । उनले ९४९ मत पाए भने थापाले ४९८ मत । यस्तै बेल्बासे उम्मेदवार रहेको मानोर पार्क वडामा पनि लेबरले जितेको छ । लेबर उम्मेदवारले १ हजार ३४ मत पाउँदा बेल्बासेले ९२७ मत पाए । उता डा गुरुङ उम्मेदवार रहेको वेलिङटन वार्डमा भने गोरखाहरुलाई माया गर्ने लेबर पार्टीका आलेक्स क्राफोर्डले जितेका छन् । उनले ७४४ मत पाए भने गुरुङले ५०३ मत ।
निर्वाचनमा ९ स्थान लेबरले, ३ स्थान कञ्जरभेटिभले र १ स्थान लिबडेमले जितेको छ । परिणामसँगै लामो समयदेखि कञ्जरभेटिभको बहुमत रहेको रसमोर काउन्सिल लेबरको बहुमतमा पुगेको छ ।
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा