
लन्डन । नलगाड नगरपालिका वडा नं २ जाजरकोट स्थायी घर भै गएको पाँच वर्षदेखि क्यान्टरबरी, इङ्गल्याण्डमा बसोबास गरिरहेका बेद खत्रीको शव नेपाल पठाउन गैरआवासीय नेपाली संघ (एनआरएनए युके) ले सहयोग संकलन अभियान शुरु गरेको छ।
३१ वर्षीय खत्रीको गत ३० मार्च २०२४ का दिन हृदयाघातका कारण विलियम हार्भे हस्पिटल, आशफोर्डमा निधन भएको थियो ।
खत्रीको परिवारको अनुरोधमा उनको शव नेपाल पठाउन झन्डै ५ हजार पौण्ड खर्च लाग्ने अनुमान गरिएको छ।
”आफ्ना छोरा बेद खत्रीको अनुहार हेर्न (अन्तिम दर्शन तथा दाह संस्कारका लागि) उहाँको आमा र परिवारजनले अनुरोध गर्नु भएकाले हामीले सहयोग संकलन अभियान शुरु गरेका छौं। यो मानवीय कार्यमा सक्दो सहयोग गरीदिनु हुन हामी बेलायतस्थित नेपाली संघसंस्था तथा सबै सहयोगी मनहरुलाई हार्दिक अपिल गर्दछौं,” एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङले भने।
त्यस्तै, एनआरएनए युकेका महासचिव गोविन्द खरेलले सङ्कलित सबै रकमको हिसाबकिताब सार्वजनिक गरिने बताए ।
यो खातामा सक्दो सहयोग जम्मा गर्न एनआरएनए युकेले आग्रह गरेको छ :
Account name: NON-RESIDENT NEPALI
Sort Code: 60-01-08
Account number: 42421888
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो