
लन्डन । नलगाड नगरपालिका वडा नं २ जाजरकोट स्थायी घर भै गएको पाँच वर्षदेखि क्यान्टरबरी, इङ्गल्याण्डमा बसोबास गरिरहेका बेद खत्रीको शव नेपाल पठाउन गैरआवासीय नेपाली संघ (एनआरएनए युके) ले सहयोग संकलन अभियान शुरु गरेको छ।
३१ वर्षीय खत्रीको गत ३० मार्च २०२४ का दिन हृदयाघातका कारण विलियम हार्भे हस्पिटल, आशफोर्डमा निधन भएको थियो ।
खत्रीको परिवारको अनुरोधमा उनको शव नेपाल पठाउन झन्डै ५ हजार पौण्ड खर्च लाग्ने अनुमान गरिएको छ।
”आफ्ना छोरा बेद खत्रीको अनुहार हेर्न (अन्तिम दर्शन तथा दाह संस्कारका लागि) उहाँको आमा र परिवारजनले अनुरोध गर्नु भएकाले हामीले सहयोग संकलन अभियान शुरु गरेका छौं। यो मानवीय कार्यमा सक्दो सहयोग गरीदिनु हुन हामी बेलायतस्थित नेपाली संघसंस्था तथा सबै सहयोगी मनहरुलाई हार्दिक अपिल गर्दछौं,” एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङले भने।
त्यस्तै, एनआरएनए युकेका महासचिव गोविन्द खरेलले सङ्कलित सबै रकमको हिसाबकिताब सार्वजनिक गरिने बताए ।
यो खातामा सक्दो सहयोग जम्मा गर्न एनआरएनए युकेले आग्रह गरेको छ :
Account name: NON-RESIDENT NEPALI
Sort Code: 60-01-08
Account number: 42421888
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा