
लण्डन । रुसले करिब १५ हजार नेपालीहरुलाई आफ्नो सेनामा भर्ती गरेको तथ्य अमेरिकी समाचार संस्था सिएनएनले दाबी गरेको छ ।
सिएनएनले आइतबार प्रकाशित गरेको लामो समाचारमा धेरैवटा स्रोतहरुले सिएनएनलाई बताएको भन्दै सो दाबी गरिएको हो । तर ती स्रोतहरु को हुन् भन्ने बारेमा भने समाचारमा खुलाइएको छैन ।
पूर्व परराष्ट्र मन्त्री विमला राई पौड्यालले केही दिन अघि राष्ट्रिय सभामा दिएको मन्तब्यलाई समाचारमा आधार बनाइएको छ । विहीबार राष्ट्रियसभामा बोल्दै पौड्यालले १४ देखि १५ हजार नेपाली रुसी सेनामा गएको दाबी गरेकी थिइन् तथापि उनको दाबीको आधार के हो भन्ने खुलस्त अझै छैन ।
सिएनएनले दिएको अर्को आधार भनेको अभियन्ता कृतु भण्डारीको छ । उनी रूसी फौजमा भर्ती भएका नेपालीहरूको परिवारजनको नेतृत्व गरिरहेकी छिन् । उनले आफ्नो सम्पर्कमा करिब २ हजार परिवार आएको बताएकी छिन् । त्यसले पनि सिएनएनको तथ्याङ्कको पुष्टी भने गर्दैन ।
उता नेपाल सरकारले भने करिब २०० जना नेपालीहरू रूसी सेनामा भर्ती भएको बताउँदै आएको छ ।
रुसले आफ्नो सेनामा भर्ती हुनेलाई मासिक २ हजार अमेरिकी डलर तलव दिने र रूसको राहदानी दिने गत वर्ष प्याकेज ल्याएको बताइएको छ ।
यदि समाचारमा उल्लेख भएको संख्या सही हो भने यसले नेपालीहरुले देशको सम्झौता बेगर नै विदेशी मुलुकको सेनामा यति ठूलो संख्यामा भर्ती भएको नयाँ प्रवृत्ति देखाउनेछ । यसले देशको राजनीतिक र समग्र अवस्थामा नै गम्भीर असर पार्नसक्छ ।त्यतिमात्र होइन भारतीय सेनापछि नेपालीहरू अधिक संख्यामा रूसी सेनामा रहेको समेत प्रमाणित हुनेछ । जबकि २०० वर्षदेखि नेपालबाट नेपाली युवा भर्ती गर्दैआएको बेलायतको सेनामा काम गर्ने नेपालीहरुको संख्या अहिले करिब ४ हजार मात्र छ ।
इरानी विद्यालय भवनमा आक्रमण : कम्तीमा ८५ जनाको मृत्यु
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
अमेरिकामा नयाँ कर लागू