
लण्डन । रुसले करिब १५ हजार नेपालीहरुलाई आफ्नो सेनामा भर्ती गरेको तथ्य अमेरिकी समाचार संस्था सिएनएनले दाबी गरेको छ ।
सिएनएनले आइतबार प्रकाशित गरेको लामो समाचारमा धेरैवटा स्रोतहरुले सिएनएनलाई बताएको भन्दै सो दाबी गरिएको हो । तर ती स्रोतहरु को हुन् भन्ने बारेमा भने समाचारमा खुलाइएको छैन ।
पूर्व परराष्ट्र मन्त्री विमला राई पौड्यालले केही दिन अघि राष्ट्रिय सभामा दिएको मन्तब्यलाई समाचारमा आधार बनाइएको छ । विहीबार राष्ट्रियसभामा बोल्दै पौड्यालले १४ देखि १५ हजार नेपाली रुसी सेनामा गएको दाबी गरेकी थिइन् तथापि उनको दाबीको आधार के हो भन्ने खुलस्त अझै छैन ।
सिएनएनले दिएको अर्को आधार भनेको अभियन्ता कृतु भण्डारीको छ । उनी रूसी फौजमा भर्ती भएका नेपालीहरूको परिवारजनको नेतृत्व गरिरहेकी छिन् । उनले आफ्नो सम्पर्कमा करिब २ हजार परिवार आएको बताएकी छिन् । त्यसले पनि सिएनएनको तथ्याङ्कको पुष्टी भने गर्दैन ।
उता नेपाल सरकारले भने करिब २०० जना नेपालीहरू रूसी सेनामा भर्ती भएको बताउँदै आएको छ ।
रुसले आफ्नो सेनामा भर्ती हुनेलाई मासिक २ हजार अमेरिकी डलर तलव दिने र रूसको राहदानी दिने गत वर्ष प्याकेज ल्याएको बताइएको छ ।
यदि समाचारमा उल्लेख भएको संख्या सही हो भने यसले नेपालीहरुले देशको सम्झौता बेगर नै विदेशी मुलुकको सेनामा यति ठूलो संख्यामा भर्ती भएको नयाँ प्रवृत्ति देखाउनेछ । यसले देशको राजनीतिक र समग्र अवस्थामा नै गम्भीर असर पार्नसक्छ ।त्यतिमात्र होइन भारतीय सेनापछि नेपालीहरू अधिक संख्यामा रूसी सेनामा रहेको समेत प्रमाणित हुनेछ । जबकि २०० वर्षदेखि नेपालबाट नेपाली युवा भर्ती गर्दैआएको बेलायतको सेनामा काम गर्ने नेपालीहरुको संख्या अहिले करिब ४ हजार मात्र छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]