काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानाडा र पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१)अनुसार मन्त्रिपरिषद्को सिफारिसमा भरतराज पौड्याललाई क्यानाडाका लागि नेपालको आवासीय राजदूत पदमा र शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।
पौडेल पूर्व परराष्ट्र सचिव हुन् भने पछिल्लो समयमा नेपालीहरुको बाक्लो बसोबास बढ्न थालेको पोर्चुगलमा पहिलोपटक नेपालले राजदुताबास स्थापना गरेको हो ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार