
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताउनुभएको छ ।
अदालतले २०७४ चैत ७ गते विदेशमा रहेका नेपालीहरुलाई मतदान गर्ने व्यवस्था गराउन आयोगलाई निर्देशनात्मक आदेश दिएको थियो ।
संसदमा रहेका राजनीतिक दलसँग आज आयोगमा भएको परामर्श बैठकमा प्रमुख आयुक्त थपलियाले उक्त सवालसमेतलाई सम्बोधन गरी निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा गत असार १८ गते नेपाल सरकार, गृह मन्त्रालयमा पेस गरिएकोमा हालसम्म सदनमा प्रस्तुत नभएको बताउनुभयो ।
उहाँले विभिन्न तहमा रिक्त पदमा हुने उपनिर्वाचनमा मताधिकार वृद्धि गर्न नामावलीमा दर्ता हुनुपर्नेमा जोड दिनुभयो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने