
पोखरा । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई नेपाल मगर सांस्कृतिक संघ कास्कीले सम्मान गरेको छ ।
मगर कलाकार भलाई कोष स्थापनार्थ शनिबार पोखरामा आयोजित दोस्रो मगर उत्सव २०८० को सन्दर्भमा प्रबन्ध निर्देशक तमुलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेगमगर र अध्यक्ष सरिता सारु मगरले तमुलाई फेटा, माला, प्रमाणपत्रले सम्मान गरे ।
त्यस्तै, नेपाल मगर सांस्कृतिक संघ कास्कीले यस वर्ष राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रीता थापामगर, सामाजिक अभियन्ता जुनु पुन मगर, सामाजिक अभियन्ता अनिता रानामगरलाई सम्मान गरेको छ ।
पूर्वगोर्खा सैनिक तमु दुई दशकभन्दा लामो समयदेखि बेलायतमा फोटो पत्रकारितामा सक्रिय छन् ।
चार वर्षअघि तमुले एकल स्वामित्वमा गोर्खा मिडिया डटकम अनलाइन सञ्चालनमा ल्याएका छन् । पत्रकारिता र समाजसेवामा सक्रिय गुरुङ नेपाल पत्रकार महासंघ बेलायत शाखा कार्यकारिणी सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेका सल्लाहकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका सल्लाहकार जस्ता विभिन्न संघसंघमा आबद्ध छन् ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान