काठमाडौँ । प्रवासमा बसोबास गरिरहेका नेपालीहरुलाई हालसालै दिन शुरु गरिएको गैरआवासीय नागरिकता लिएकाहरुले नेपाल जाँदा भिसा लगाउनुपर्ने छ ।
बीबीसी नेपाली सेवासित कुरा गर्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार गैरआवासीय नेपालीहरूले नेपाल आउने क्रममा अन्य विदेशी नागरिकहरूसरह भिसा लगाएर आउनुपर्ने बताएका छन् ।
उनले गैरआवासीय नेपाली नागरिकता लिनेहरु नेपाली राहदानीबाहक नभएका कारण भिसा लिनुपरेको बताएका छन् ।
“गैरआवासीय नागरिकता नेपालको नागरिकता त्याग गरिसकेपछि पाइने कुरा हो । उहाँहरू नेपालीराहदानी वाहक नहुने भएकाले नेपाल आउँदा अन्य विदेशी नागरिक सरह नै भिसा लगाएर आउनुपर्छ,” तामाङले भने ।
गैरआवासीय परिचयपत्र (एनआरएनए कार्ड) भएकाहरुका लागि भने भिसा नचाहिने तर गैरआवासीय नागरिकता भएकाहरुका लागि भने भिसा चाहिने भएको छ । महानिर्देशक तामाङ भन्छन्, “गैरआवासीय परिचयपत्र भएका तर गैर आवासीय नागरिकता नलिएका व्यक्तिहरूले मात्रै अध्यागमनमा छाप लगाएर नेपाल आउन पाउँछन् । तर गैरआवासीय नेपाली नागरिकता लिएकाहरूले भिसा शुल्क पनि तिर्नुपर्छ।”
भिसा लगाएर आउने अधिकांश गैरआवासीय नेपालीहरू नाताका आधारमा दिइने प्रवेशआज्ञाका आधारमा नेपाल आउने गरेका छन् ।
अध्यागमन विभागका अनुसार यस्तो भिसा लिनका लागि प्रतिमहिना १० अमेरिकी डलर शुल्क तिर्नुपर्छ।
तर गैर आवासीय नेपाली परिचयपत्रका आधारमा नेपालको प्रवेशआज्ञाका लागि कुनै शुल्क नलाग्ने विभागले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन