
काठमाडौँ । राष्ट्रिय सभा सदस्यको १९ रिक्त स्थानमा आज सम्पन्न मतदानमा सत्ता गठबन्धनका उम्मेदवार १८ स्थानमा र एक स्थानमा प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् ।
सात वटै प्रदेशमा सम्पन्न मतदानको मतपरिणाम सार्वजनिक हुँदा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला सदस्यबाहेक अन्य स्थानमा गठबन्धनका उम्मेदवारले जितेका छन् ।
कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका दलित समूहतर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक, महिला समूहतर्फ नेकपा (एकीकृत समाजवादी)का सावित्री मल्ल र अन्य समूहतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत उज्ज्वलदेव रावलले जानकारी दिनुभयो ।
विकले तीन हजार आठ १७, मल्लले तीन हजार सात सय २२, रोकायले तीन हजार आठ सय ७० मतभार प्राप्त गर्नुभयो ।
यसैगरी, कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)की रुकमणी कोइराला विजयी हुनुभएको छ ।
सिटौलाले पाँच हजार दुई सय ९२ र कोइरालाले पाँच हजार ८६ मतभार प्राप्त गर्नुभयो ।
गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ नेकपा(माओवादी केन्द्र)की मनरुपा शर्मा र अपाङ्गता÷अल्पसंख्यक समूहबाट नेपाली काँग्रेसका पदमबहादुर परियार विजयी हुनुभएको हो ।
श्रेष्ठले कूल तीन हजार आठ सय आठ, शर्माले तीन हजार छ सय ६० र परियारले कूल तीन हजार सात सय ७४ मतभार प्राप्त गर्नुभयो ।
बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
महिला समूहबाट सत्तागठबन्धनका उम्मेदवार कांग्रेसकी विष्णुकुमारी पुडासैनी छ हजार छ सय २२, दलिततर्फ नेकपा (एकीकृत समाजवादी)का घनश्याम रिजाल विश्वकर्मा छ हजार पाँच सय १२, अन्यतर्फ कांग्रेसका जितजङ्ग बस्नेतले छ हजार पाँच सय ३१ मतभार प्राप्त गरी विजयी हुुनुभयो । साथै अपाङ्गतातर्फ नेकपा (माओवादी केन्द्र)का श्रीकृष्ण अधिकारीले छ हजार चार सय ३६ मतभार प्राप्त गरी निर्वाचित हुनुभयो ।
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको छ ।
सुवेदीले पाँच हजार चार सय ३५ र सापकोटाले पाँच हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट र नेकपा (माओवादी केन्द्र)का रेनु चन्द विजयी हुनुभएको छ ।
बोहराले चार हजार तीन सय २८, भट्टले चार हजार चार सय १९ र चन्दले चार हजार चार सय ५३ मतभार पाउनुभयो ।
मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी हुनुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुङ्गाना र महिला समूहबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पूजा चौधरी निर्वाचित हुनुभएको हो ।
सात हजार तीन ७० र सात हजार नौ सय २३ मतभार प्राप्त गर्नुभयो ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान