
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पछिल्लो निर्वाचनपछि देखिएको विवादको छानविनका लागि परराष्ट्र मन्त्रालयले छानविन समिति गठन गरेको छ ।
उपमहान्यायधिवक्ताको संयोजकत्वमा गठित सो समितिमा परराष्ट्र मन्त्रालय, प्रहरी र अर्थ मन्त्रालयका समेत प्रतिनिधि राखिएको छ ।
समितिमा परराष्ट्रबाट रीता धिताल, अर्थबाट हेमराज पौडेल र प्रहरीको विशेष जाँच ब्यूरो (सिबीआई) बाट दिनेश आचार्य रहेका छन् ।
यसअघि निर्वाचनमा भएको अनियमितताका बारेमा सिबीआईमा परेको उजुरीका बारेमा प्रहरीले निर्वाचन शुरुवातदेखि परिणाम घोषणासम्मको छानविन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ । सो प्रतिवेदनमा निर्वाचन स्वच्छ रुपमा सम्पन्न नभएको निस्कर्ष निकालिएको छ ।
प्रत्यक्ष र अनलाइन माध्यमबाट गरिएको पछिल्लो निर्वाचनमा एक उम्मेदवारको मत शून्य आएपछि एनआरएनमा विवाद सिर्जना भएको हो ।
निर्वाचनको परिणाम अस्वीकार गर्दै राजेन्द्रकुमार शर्माको अध्यक्षतामा समानान्तर समिति बनाइएको छ भने डा बद्रि केसीले आफूलाई वैधानिक अध्यक्ष दाबी गर्दै आएका छन् ।
सरकारले यसै विवादका कारण एनआरएनको दर्ता समेत नविकरण गरेको छैन ।
उता यसभन्दा अघिल्लो अधिवेसनबाट नै विनोद कुँवरको अध्यक्षतामा अर्को एनआरएन केन्द्रीय समिति गठन भई क्रियाशील रहेको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने