
पोखरा । बेलायतका नेपालीहरूको उल्लेख्य लगानी रहेको नेपालको पहिलो सोलार कम्पनी सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज पोखरा लेकसाइडस्थित होटल मालाको सभाकक्षामा भएको साधारणसभा सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको थियो ।
करिब ५० जना सेयर सदस्यहरूको उपस्थिति रहेको साधारण सभालाई कम्पनीका सचिव राजेन पाठकले सन्चालन गरेका थिए । सन्चालकले उपस्थित सबैजनालाई आसन ग्रहण गराउँदै साधारण सभाबारे संक्षिप्तरुपमा प्रकाश पारेका थिए ।
वार्षिक साधारण सभालाई बुँदागत रुपमा अघि बढाउनुपूर्व सभाध्यक्ष मोहन गुरुङले विगत एक वर्षदेखिको कृयाकलापबारे प्रकाश पारेका थिए ।
यसैगरी, आर्थिक विवरणबारे कम्पनीका सिईओ एलएन पान्डेले हालसम्मको आर्थिक कारोबारलाई पावर प्वाईन्टको माध्यमबाट स्पष्ट विवरण खुलाएका थिए ।
यसैबीच कम्पनीको ठूलो सेयर होल्डर डोल्मा ईम्प्याक्ट फार्मको तर्फबाट कम्पनीका डाईरेक्टर विद्यावारिधि सिक्देलले डोल्मा ईम्प्याक्ट फार्मको लगानी र सोलार फार्म लिमिटेडलाई शुरुमा लगानी गरेको विवरण र अब पूर्णरुपमा कम्पनीको सबै सेयरहोल्डरसरह हिस्सेदार रहने बारे प्रष्ट पारेका थिए ।
छलफलका लागि प्रस्तुत बुँदाहरु सहज र मैत्रीपूर्ण वातावरणमा छलफल गरी निर्णय लिइएको थियो ।
अन्तमा सभाध्यक्षबाट सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरी सबैलाई एक एक वटा सल मायाको चिनोको रुपमा प्रदान गरिएको थियो ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन