
खलङ्गा (प्युठान) । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ ।
प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् ।
मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन् । निजले नै उनको मृत्युको खबर दिएका हुन् ।
प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएका बताउनुभयो । नगरप्रमुख योगी नेतृत्वको टोलीले भोलि सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त दुःखद खबरबारे थप जानकारी दिइने थापाले बताउनुभयो ।
छिमेकी थापाले यस घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको बताउनुभयो । उहाँका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान