
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ ।
बैठकले सात सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको पार्टी सचिव गणेश साहले जानकारी दिनुभयो । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय साह र सुरेन्द्र कार्की रहनुभएको छ । समितिले १५ दिनभित्र विधानको मस्यौदा तयार गर्नेछ ।
बैठकले यही पुस १६ गते सबै स्थानीय तहमा जनपरिचालन गरेर पार्टी रुपान्तरण अभियानको समापन गर्ने निर्णय गरेको सचिव साहले जानकारी दिनुभयो । माओवादीले गत भदौ १६ गतेदेखि रुपान्तरण अभियान सञ्चालन गरेको थियो । बैठकले रुपान्तरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान