
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उसपभाति पदमा डा स्वर्णिम वाग्लेलाई चयन गरेको छ । साथै सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् ।
महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले वाग्लेलाई महत्वपूर्ण जिम्मेवारी दिएको हो । लामो समय काँग्रेसमा रहेर राजनीति गरेका वाग्ले केही महिनाअघि मात्र रास्वपा प्रवेश गरी उपनिर्वाचनबाट सांसदमा निर्वाचित हुनुभएको हो ।
पार्टीमा यसअघि नै डोलप्रसाद अर्याल उपसभापति छन् ।
पार्टीले सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरेको छ भने कोषाध्यक्षमा लीमा अधिकारी र सहकोषाध्यक्षहरुमा बसुमाया तामांग र दीपक बोहरालाई जिम्मेवारी दिएको छ ।
सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईँलाई जिम्मा दिएको छ । साथै पार्टीले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन