
काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु ३८ लाख रकम लिई ठगी गरेको अभियोगमा प्रहरीले आजएक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भक्क्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक रु एक लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा रु ३८ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।
काठमाडौँ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने