काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि भारत सरकार तयार रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री मोदीले भारत नेपाली जनतासँगै रहेको र आवश्यक सबै सम्भव सहयोग गर्न तयार रहेको पनि उल्लेख गर्नुभएको छ ।
उहाँले भूकम्पमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
गएरातिको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण विशेष गरी जाजरकोट र रुकुमपश्चिममा एक सयभन्दा बढीको ज्यान गएको छ भने भौतिक क्षति भएको छ ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान