
काठमाडौँ । जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।
उहाँ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज हुनुभएको हो ।
तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयाघात भएको थियो । उहाँको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।
अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गर्नुभएको छ । उहाँले आफ्नो स्वास्थ्यवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ यही कात्तिक ८ गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक