
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेसनपछि विजयी भनिएको समूहले आज सपथ गर्दै कार्यभार सम्हालेको छ भने मतपरिणामप्रति असन्तुष्ट समूहले पत्रकार सम्मेलन गरी समानान्तर समिति बनाउने चेतावनी दिएको छ।
यसअघि मतपरिणामका बारेमा विवाद देखिएपछि तीन अध्यक्षले संयुक्त हस्ताक्षरसहित निर्वाचनका बाँकी कार्यक्रम स्थगन भएको बताएका थिए तर बद्री केसी समूहले सो विपरीत एक कार्यक्रम गरी निर्वाचन समितिबाट नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।
सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचित अध्यक्ष केसीले बताउनुभएको छ ।
उता अध्यक्षका दुई प्रतिस्पर्धी राजेन्द्रकुमार श्रेष्ठ र महेशकुमार श्रेष्ठले भने निर्वाचनका बारेमा उत्पन्न विवादलाई नसल्टाई सपथ गराएकोमा विरोध जनाएका छन् । चाँडै नै नयाँ कार्यसमिति घोषणा गर्ने चेतावनी दिएका छन् ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान