
लण्डन । राजनीतिक खिचातानी र गुटबन्दीका कारण पछिल्लो समयमा बदनाम र विवादको भूमरीमा परिरहेकाे गैरआवासीय नेपाली संघ (एनआरएनए) मा फेरि भाँडभैलो मच्चिएको छ ।
नयाँ कार्यसमिति गठनका लागि भएको निर्वाचनको शुक्रबार बिहान नतीजा सुनाउने क्रममा फेरि विवाद निम्तिएको छ । नतीजा प्रकाशन हुँदाहुँदै एनआरएनएका तीन अध्यक्षमध्ये कुल आचार्यले यसमा गडबड छ भन्दै मन्चबाट आपत्ति जनाउँदै तल झरेका थिए । त्यसपछि मतपरिणामप्रति असन्तुष्टहरूले नाराबाजी र आपत्ति गरेपछि कार्यक्रम अघि बढ्न सकेको छैन ।
भौतिक रूपमा र अनलाइन माध्यमबाट गरिएको चुनावमा डा बद्रि केसी अध्यक्षमा निर्वाचित भएको देखाइएको थियो ।
विवादको शुरुवात उपाध्यक्षका उम्मेदवार डा केशव पौडेललाई नेपालबाट शुन्य मत झरेको देखाइएपछि भएको थियो । अध्यक्षका प्रत्याशीद्वय आरके शर्मा र महेश श्रेष्ठले निर्वाचनको मत परिणाम अस्वीकार गर्ने बताए ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक