
पश्चिम बंगाल । धरानका कवि सुदीप पाख्रिनको चर्चित कविता संग्रह ‘दगुरिहिँड्ने चौबाटो’को भारत संस्करण पनि आएको छ । नेपालबाहिर रहेका नेपाली भाषी क्षेत्रमा समेत पाठकहरूबाट कृतिको माग भएपछि दोस्रो संस्करणका रूपमा सिलगढीको हाम्रो किताब घरबाट पुस्तक प्रकाशित भएको हो ।
सालबारीस्थित दी ट्विन्स क्याफेमा एक कार्यक्रमबीच कवि पाख्रिनको कृति विमोचनसँगै चर्चा समेत गरिएको थियो । कृतिलाई साहित्यकारहरू मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, उर्मिला घिसिङ, बबिता मादेन र देविका मंग्रान्तिहरूले संयुक्त रूपमा विमोचन गरेका थिए । संग्रहमा ३८ कविताहरू छन् । अढाई दशकदेखि कविता लेखनमा सक्रिय रहेका कवि पाख्रिनको विमोचित कृतिकोे पहिलो संस्करण सन् २०१६ मा निस्किएको थियो । सोअघि पहिलो कविता कृति ‘आदिम मौनता’ प्रकाशित भएको थियो । कलरव धरानसँग सम्बद्ध उनलाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले गत मार्चमा एक लाख रूपैयाँ राशीको प्रतिभा पुरस्कारबाट समेत सम्मानित गरेको थियो ।
विमोचन कार्यक्रममा बोल्दै कवि पाख्रिनले कवितालाई न्यान दिन आफूले सक्दो प्रयास गरेको बताए । रुवाइयात सर्जक कुशल राईसँगको संवादमा उनले पाठकमा निहित बोध गर्ने क्षमताले समेत कविता ग्रहण गर्नेमा भर पर्ने बताए । ‘मलाई कुनै पनि कुरा कल्पना र ज्ञानभन्दा पर बुझ्न नसक्ने भन्ने लाग्दैन । त्यो तपाईले ग्रहण गर्ने क्षमता कति निर्माण गर्नुभएको छ । त्यसमा भर पर्छ,’ उनले भने । कवि पाख्रिनले आख्यानकार लैनसिंह वाङ्देल र निबन्धकार शङ्कर लामिछानेबीच समेत सरलता र क्लिष्टताबारे फरक फरक धारणा रहेको प्रसङ्ग सुनाए । ‘पाठक लामिछानेको लेखाइमा जटिलता भेट्थे । तर, कलाकार वाङ्देलले लामिछानेलाई भेट्दा लेखनमा थोरै अमूर्तता ल्याउन आग्रह गरिरहन्थे । यसकारण नियमित अध्ययन र बोधले जटिलताको विषयलाई सोझ्याउँदै लाने हो,’ उनले थपे । संवादअघि उनले ‘मावल’ र ‘उपहार नानीहरूलाई’ कविता समेत पाठ गरे ।
विमोचन कार्यक्रममा नेपालबाट कविहरू चन्द्र गुरूङ, राजेश विद्रोही र अमित थेबेको समेत सहभागिता रहेको थियो । त्यस्तै, उपन्यासकार छुदेन काबिमो, कविहरू डा.ज्ञानेन्द्र यक्सो, निरज थापा, सुरज गुरूङ, विशाल नाल्वो, कालु रणपहेली लगायतको सहभागिता रहेको थियो । हाम्रो किताब घरका संस्थापकक एवम् कवि छेवाङ योञ्जनले सञ्चालन गरेको कार्यक्रममा लेखा राईले सबैलाई स्वागत गरिन् । घरको स्थापना सन् २०२१ मा भएको थियो ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान