
बेइजिङ । अमेरिकाबाट सीधै चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार चीनको हाङ्चाओ सहरमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाल शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीनको सो सहर आउनुभएको हो । सो सहरमा एसियाली खेलकुद आयोजना भइरहेको छ ।
आज हाङ्चाओ आउनुभएका प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानलेले स्वागत गर्नुभएको थियो । आजै प्रधानमन्त्री दाहाल तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ राष्ट्रपति सीले दिवा भोजको आयोजना पनि गर्नुभएको छ ।
सो सहरमा चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहनुहुने प्रधानमन्त्री दाहाल हाङ्चाओबाट बेइजिङ आउने र यहाँ चिनियाँ प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक