
बेइजिङ । अमेरिकाबाट सीधै चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार चीनको हाङ्चाओ सहरमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाल शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीनको सो सहर आउनुभएको हो । सो सहरमा एसियाली खेलकुद आयोजना भइरहेको छ ।
आज हाङ्चाओ आउनुभएका प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानलेले स्वागत गर्नुभएको थियो । आजै प्रधानमन्त्री दाहाल तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ राष्ट्रपति सीले दिवा भोजको आयोजना पनि गर्नुभएको छ ।
सो सहरमा चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहनुहुने प्रधानमन्त्री दाहाल हाङ्चाओबाट बेइजिङ आउने र यहाँ चिनियाँ प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन