काठमाडौ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने छ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको छ ।
उनीहरुमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीको भनाइ छ । पक्राउ परेकाहरुलाई आज सार्वजनिक गर्दै प्रहरी उपरीक्षक जोशीले पार्सलमा गाँजा पत्ता लागेपछि उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।
प्रहरीका अनुसार अमेरिकाबाट हुलाकमार्फत डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएकोमा एउटा कार्टुन शङ्का लागि जाँच गर्दा नौ सय ग्राम गाँजा बरामद गरिएको हो । उक्त कार्टुन पार्सल लिन आउने व्यक्ति खोज्न ‘कन्ट्रोल डेलिभरी’ गर्दा वीरगञ्जका डल्लुराम र सोही ठाउँका हविव मियालाई पक्राउ गरिएको थियो ।
अमेरिकाबाट डिल्लीबजार हुलाकमार्फत जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी पठाइएको अर्काे कार्टुन जाँच गर्दा एक किलो चार सय ग्राम गाँजा फेला परेको ब्यूरोले जनाएको छ । सोही क्रममा गाँजा लिन आउने भारतीय नागरिक २४ वर्षे अजिन भर्गेसलाई हुलाक कार्यालयबाटै पक्राउ गरिएको थियो । उनको डेराबाट थप सात सय २० ग्राम गाँजा बरामद गरिएको छ ।
हुलाकमार्फत आएको गाँजा लिन आउने डडेलधुराकी रेनुका तामाङलाई पनि पक्राउ गरिएको छ । उनको बयानका आधारमा गाँजा लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पनि पक्राउ गरिएको हो । उनीहरुको साथबाट नौ सय ३९ ग्राम ग्राजा बरामद गरिएको छ ।
ब्यूरोले खैरो हेरोइनसहित कञ्चनपुरका हिक्मत हमाल, दाङका सञ्जय नेपाली, मोरङका विनोद भट्टराई र झापा बस्ने भारतीय नागरिक लाल मियालाई पनि पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुको साथबाट दुई सय ६८ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान