
बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले निर्धारण गरेका आचरण सुधारका आठबुँदे संहिता उल्लङ्घन गरेको आरोपमा हजारौँलाई दण्ड दिइएको छ । अनुशासन कायम नगरेको अभियोगमा गत महिना ११ हजार छ सय ७४ जनालाई सजाय गरिएको भ्रष्टाचार विरोधी निकायले आज जनाएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन निरीक्षण आयोग र सुपरिवेक्षणको राष्ट्रिय आयोगले जारी गरेको विज्ञप्तिअनुसार सरकारी सेवाका आठ हजार एक सय ५७ अनियमितताका मामिलामा संलग्न आठ हजार ५३ जनालाई अनुशासनको कारवाही गरिएको हो ।
कर्मचारीतन्त्रलाई कर्मचारीको हितका निम्ति मात्र अधिक उपयोग गरेका पाच हजार चार सय ५७ जना र आमोदप्रमोद एवं सुखसुविधामा आफूलाई केन्द्रित गरेका छ हजार दुई सय जनालाई सजाय दिइएको विज्ञप्तिमा जनाइएको छ ।
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान