
जी १० फाइल फोटो
लण्डन । गोरखा भूतपूवै सैनिक संस्थाहरुको संयुक्त आयोजनामा आइतबार अल्डरसटमा हुने भनिएको सभामा विवाद देखिएको छ ।
आयोजकहरुले गोरखा भूतपूर्व सैनिकहरुको संस्थाहरुको अस्थायी संयन्त्र जी १० ले सो कार्यक्रम आयोजना गरेको बताएका थिए । सोही व्यहोराको पर्चा पनि सार्वजनिक गरिएको थियो । तर सोही संयन्त्रभित्रको गोरखा सत्याग्रहले भने सो कार्यक्रम जी १० ले आयोजना नगरेको बताएको छ ।
गोरखा दुत मेजर रिटायर्ड जुदबहादुर गुरुङले शनिबार सञ्चारकर्मीहरुसित कुरा गर्दै सो कार्यक्रम जी १० ले आयोजना नगरेको बताएका छन् । उनले जी १० का तर्फबाट गरिने कुनै पनि कार्यक्रम आफूमार्फत हुनुपर्ने यसअघि सबै गोरखासँग सम्बन्धित संस्थाहरुले सहमति गरिसकेको र आइतबारको कार्यक्रमका बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
उता कार्यक्रम आयोजकहरुले भने लेटरप्याड नै बनाएर सोमार्फत कार्यक्रममा उपस्थित हुन अपील गरेका छन् । सबै गोरखाजन्य संस्थाको नाम, आधिकारिक व्यक्तिको नामसमेत प्रकाशित सो अपीललाई कसरी आधिकारिक नमान्ने भन्ने प्रश्नमा गुरुङले जी १० को लेटरप्याड बनिनसकेको जानकारी दिए । यसअघि अल्डरसटमा बसेको एक बैठकमा लेटरप्याड बनाउने विषयमा गोरखाहरुबीच सहमति हुन नसकेको पनि उनले स्मरण गराए ।
आइतबारको कार्यक्रम जी १० को नभई गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्यूएस) को भएको पनि मेजर गुरुङले बताए ।
कार्यक्रमका आयोजकले सार्वजनिक गरेको अपीलमा सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदुतसमेत उपस्थित हुने बताइएको छ । आचार्य भने अहिले नेपालमा विदामा रहेको बुझिएको छ ।
गोरखा भूतपूर्व सैनिकहरुबीच कार्यगत मात्र भए पनि एकता कहिल्यै हुनसक्दैन भन्नेहरुलाई यो पछिल्लो घटनाले झन् पुष्ट गरेको छ । बेलायतसित पहिलोपटक सरकारीस्तरमा वार्ता भइरहेको बेलामा समेत गोरखा भूतपूर्व सैनिकका संस्थाहरुले एकता कायम गर्न नसकेपछि बेलायतलाई उनीहरुको माग टार्न अझै सजिलो हुनसक्छ ।


अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई