
जी १० फाइल फोटो
लण्डन । गोरखा भूतपूवै सैनिक संस्थाहरुको संयुक्त आयोजनामा आइतबार अल्डरसटमा हुने भनिएको सभामा विवाद देखिएको छ ।
आयोजकहरुले गोरखा भूतपूर्व सैनिकहरुको संस्थाहरुको अस्थायी संयन्त्र जी १० ले सो कार्यक्रम आयोजना गरेको बताएका थिए । सोही व्यहोराको पर्चा पनि सार्वजनिक गरिएको थियो । तर सोही संयन्त्रभित्रको गोरखा सत्याग्रहले भने सो कार्यक्रम जी १० ले आयोजना नगरेको बताएको छ ।
गोरखा दुत मेजर रिटायर्ड जुदबहादुर गुरुङले शनिबार सञ्चारकर्मीहरुसित कुरा गर्दै सो कार्यक्रम जी १० ले आयोजना नगरेको बताएका छन् । उनले जी १० का तर्फबाट गरिने कुनै पनि कार्यक्रम आफूमार्फत हुनुपर्ने यसअघि सबै गोरखासँग सम्बन्धित संस्थाहरुले सहमति गरिसकेको र आइतबारको कार्यक्रमका बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
उता कार्यक्रम आयोजकहरुले भने लेटरप्याड नै बनाएर सोमार्फत कार्यक्रममा उपस्थित हुन अपील गरेका छन् । सबै गोरखाजन्य संस्थाको नाम, आधिकारिक व्यक्तिको नामसमेत प्रकाशित सो अपीललाई कसरी आधिकारिक नमान्ने भन्ने प्रश्नमा गुरुङले जी १० को लेटरप्याड बनिनसकेको जानकारी दिए । यसअघि अल्डरसटमा बसेको एक बैठकमा लेटरप्याड बनाउने विषयमा गोरखाहरुबीच सहमति हुन नसकेको पनि उनले स्मरण गराए ।
आइतबारको कार्यक्रम जी १० को नभई गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्यूएस) को भएको पनि मेजर गुरुङले बताए ।
कार्यक्रमका आयोजकले सार्वजनिक गरेको अपीलमा सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदुतसमेत उपस्थित हुने बताइएको छ । आचार्य भने अहिले नेपालमा विदामा रहेको बुझिएको छ ।
गोरखा भूतपूर्व सैनिकहरुबीच कार्यगत मात्र भए पनि एकता कहिल्यै हुनसक्दैन भन्नेहरुलाई यो पछिल्लो घटनाले झन् पुष्ट गरेको छ । बेलायतसित पहिलोपटक सरकारीस्तरमा वार्ता भइरहेको बेलामा समेत गोरखा भूतपूर्व सैनिकका संस्थाहरुले एकता कायम गर्न नसकेपछि बेलायतलाई उनीहरुको माग टार्न अझै सजिलो हुनसक्छ ।


नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा