
फाइल फोटो
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच भइरहेको वार्ता नोभेम्बरको पहिलो साता समापन गर्ने तय भएको छ ।
दुई देशका सरकारहरुबीच भइरहेको (जीटूजी) वार्ताको अन्तिम चरणमा दुई देशका परराष्ट्र मन्त्रीहरुबीच नोभेम्बर ८ मा वार्ता हुने बताइएको छ ।
वार्तामा गोरखा भूतपूर्व सैनिकहरुका तर्फबाट प्रतिनिधित्व गरिरहेका गोरखा दुत मेजर रिटायर्ड जुदबहादुर गुरुङले नोभेम्बर ८ मा मन्त्रिस्तरीय वार्ता हुने पुष्टि गर्नुभयो ।
यद्यपि गोरखाहरुले भने दुई मन्त्रीबीचको बैठकअघि प्राविधिक समितिले टुङ्गो लगाउनुपर्ने थुप्रै विषयहरु थाँती रहेको भन्दै त्यसअघि वार्ताको मिति माग गरेका छन् ।
बेलायती पक्षले भने धेरै कुराहरु सकिइसकेको भन्दै वेलफेयरको विषयमा मात्र कुरा गर्ने हो भने सेप्टेम्बर ११ मा बस्न सकिने जानकारी दिएको छ जसलाई गोरखा भूतपूर्व सैनिकहरुले इन्कार गरेका छन् । गोरखाहरुले भने पेन्सनको माग मुख्य भएकाले त्यसका बारेमा वार्ता गर्न जोड दिएका छन् ।
मेजर गुरुङले भने, ‘सेप्टेम्बर ११ को वार्तामा बेलायतले वेलफेयरका बारेमा छलफल गर्न चाहेको छ, हामीले पेन्सनको विषय टुंगो लगाउनु पर्छ भन्ने माग गरेका छौँ । तर छलफलको विषय के हुने अहिलेसम्म तय भइसकेको छैन ।’
वार्ताको शुरुवातदेखि नै बेलायतले गोरखा भूतपूर्व सैनिकहरुको वेलफेयरका विषयमा मात्र वार्ता गर्न चाहेको थियो तर गोरखाहरुको दबाबका कारण पेन्सनका विषयमा पनि छलफल भएको थियो । तर कुनै पनि विषय टुंगोमा नपुग्दै बेलायतले वार्तालाई समापन गर्न चाहेको छ । उता गोरखाहरुले भने विना कुनै निस्कर्ष वार्ता अन्त्य गरिएमा आन्दोलनमा उत्रनुको विकल्प नभएको चेतावनी दिँदै आएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा