
लुम्बिनी । रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ ।
नयाँ लगानीकर्ताका रुपमा आएको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले दुई महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन गर्ने योजनासहित काम अघि बढाएको जनाएको छ । गैरआवासीय नेपालीको समूहले स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण शेयर स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेको हो ।
टाइगर इन्भेष्टमेन्ट इङ्कले सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर खरिद गरेको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले आज रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले खरिदबापत सरकारलाई लाग्ने सम्पुर्ण कर र दायित्व तिर्न तयार रहेको समेत जानकारी दिनुभयो ।
रिसोर्टमा सुवेदीसहित दीपक गौतम, कुल आचार्य, देव भुसाल र रामजी मरासिनीलगायतको लगानी रहेको जनाइएको छ । अन्य केही लगानीकर्ताहरुले पनि जोडिने अध्यक्ष सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
“अब नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “विदेशिएका हामी नेपालीले आफ्नो जन्मभूमिप्रतिको दायित्वबोध गरी यो बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका छौँ ।”
यसअघि अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्न करिब रु पाँच अर्ब लगानी गरेको थियो । रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिव एक हजार नेपालीले प्रत्यक्ष रोजगारीमा थिए ।
प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित रिसोर्ट आन्तरिक विवाद तथा अदालती मुद्दा मामिलाले बन्द अवस्थामा पुगेको थियो । विदेशमा नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि आफूहरुले नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालनमा ल्याउन लागेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा अष्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा शेयर कारोबार भएको उहाँले बताउनुभयो । उहाँका अनुसार रिसोर्ट सञ्चालनमा प्रारम्भिक अध्ययनबाट शेयर खरिद कारोवार रकम समेत जोडदा करिव रु चार अर्ब खर्च गर्नुपर्ने देखिएको छ ।
पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठूला लगानीका पर्यटन उद्योगहरू धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद नभएको सञ्चालक दीपक गौतमले बताउनुभयो ।
रिसोर्ट सञ्चालनसँगै गैरआवासीय नेपालीमा लगानी गर्ने विश्वास पैदा हुने र प्रत्यक्ष वैदेशिक लगानीको वातावरण समेत निर्माण हुने उहाँले बताउनुभयो ।
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन