
लण्डन । मेडवे काउन्सिलका मेयरबाट बेलायतमा कार्यरत पाँच नेपाली पत्रकारहरु सम्मानित भएका छन् ।
बुधबार काउन्सिलको कार्यालय गन ह्वार्फमा आयोजित कार्यक्रममा मेयर नीना गुरुङले ती पत्रकारहरुलाई सम्मानपत्र प्रदान गरेकी हुन् ।
यसरी सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष तथा वीनेपाली डटकमका सम्पादक नरेश खपाङ्गीमगर, गोर्खामिडियाका प्रबन्धक फोटोपत्रकार मिलन तमु र सहसम्पादक प्रकाश गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष तथा टुडेप्रेस डटकमका सम्पादक विश्वासदीप तिगेला र नेपालखबर डटकमका बेलायत सम्वाददाता प्रजय शुक्ल रहेका छन् ।
उनीहरुलाई प्रवासमा लामो समयदेखि जिम्मेवार पत्रकारिता गरेको साथै समयमै सूचनाहरु सम्प्रेषण गरेकोमा सम्मानित गरिएको हो ।
सो अवसरमा मेडवे काउन्सिलका लिडर भिन्स म्यापल पनि उपस्थित थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा