
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) अध्यक्ष प्रेम गाहामगरले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
अध्यक्ष गाहामगरले बुधबार सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर मन्त्री श्रेष्ठलाई ज्ञापनपत्रसहित सो आग्रह गरेका हुन् ।
झण्डै ४५ मिनेट लामो भेटमा गाहामगरले एनआरएनए यूकेको भ्रम र यथार्थ, बेलायतमा नेपालीको अवस्था, बेलायतका गैरआवासीय नेपालीले मातृभूमिका लागि गर्नसक्ने योगदानलगायत समसामयिक विषयमा कुरा भएको जनाए ।
एकसाता अघिमात्र कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई बुझाएजस्तै ज्ञापनपत्र गृहमन्त्रीलाई पनि हस्तान्तरण गरेको गाहामगरले बताए ।
ज्ञापनपत्रमा वंशजका नेपाली नागरिकलाई सधैंका लागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न माग छ ।
’गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीहरुका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन गैरआवासीय नेपाली संघ यूके नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ’, ज्ञापनमा भनिएको छ ।
गोर्खा सैनिक तथा उनीहरुको परिवार र विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न र गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकता निरन्तरता हुने गरी कानून संशोधन गर्न एनआरएनए यूकेले नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ ।
अगष्ट अन्तिमसम्म नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत शीर्ष नेतालाई भेट्ने तय भइसकेको अध्यक्ष गाहामगरले जनाए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]