
लण्डन । मगर र तामाङ समुदायमा विवाहका बारेमा विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे शीतलमाथि कार्बाहीको माग गर्दै मगर र तामाङ समुदायले नेपाली राजदुताबास लण्डनमा ज्ञापनपत्र बुझाएका छन् ।
मगर संघ युके र तामाङ सोसाइटी अफ युकेको संयुक्त टोलीले मंगलबार दुताबासमा गई उपनियोग प्रमुख रोशन खनाललाई सो ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा समुदायका बारेमा यथार्थ बुझ्दै नबुझी पाण्डेले दिएको अभिव्यक्तिले सिंगो समुदायलाई नै अपराधीकरण गर्न खोजेको, घृणा फैलाउन खोजेको आरोप लगाइएको छ । पाण्डेको सो कार्यबाट समुदायको आत्मसम्मानमा चोट पुगेको पनि बताइएको छ ।
पाण्डेमाथि कारबाहीको माग गर्दै प्रहरी कार्यालय टेकु घेराउको क्रममा भएको प्रहरी दमनको पनि ज्ञापन पत्रमा निन्दा गरिएको छ भने सो क्रममा घाइते अभियन्ताहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
ज्ञापन पत्र ग्रहण गर्दै उपनियोग प्रमुख खनालले ज्ञापन पत्र मंगलबार नै नेपाल विद्युतीय माध्यमबाट पठाउने जानकारी दिनुभएको तामाङ सोसाइटी अफ युकेका पूर्व अध्यक्ष धर्मबहादुर तामाङले बताउनुभयो ।
ज्ञापन पत्र बुझाउने तामाङ सोसाइटी र मगर संघ युकेका अध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल दुताबास पुगेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा