
लण्डन । तान्चोक नौजे पैंगीलामा परिवार यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
गत शनिबार १२ अगष्टका दिन फार्नबोरोस्थित साम्युल कोडी स्पोर्टस् कलेजको सभा हलमा सम्पन्न भएको हो ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका अन्तर्गत पर्ने तान्चोक गाउँ पुर्ख्यौली घर भई बेलायतमा बसोबास गर्ने नौजे पैंगीलामा तमूहरुले विविध कार्यक्रमका साथ कार्यक्रम आयोजना गरेका हुन् ।
बौद्ध अर्घौं सदन पोखराका प्रमुख लामा खेन्पो शीरलामा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा गुरु किसानसिंङ्ग गुरुङ विशेष अतिथिको रुपमा उपस्थित भएका थिए । त्यस्तै, तमूधिं यूकेका अध्यक्ष हरि गुरुङ, सहारा युकेका अध्यक्ष लेप्टेन कुसाङ्ग गुरुङ तथा पन्च गुरुङ, आँटीघर मौजाका नौजें पैंगीलामा परिवारका क्याप्टेन नारायण बहादुर गुरुङ तथा चन्द्रदेवी र इन्द्र कुमार तथा उषा गुरुङलगायतको विशेष उपस्थिति रहेको थियो । परिवारका दाजुभाइहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा परिवारका छोरीज्वाई, भान्जाभान्जी तथा भान्जीज्वाईहरु र विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई पाहुनाको रुपमा आमन्त्रण गरिएको थियो ।
विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त कार्यक्रममा परिवारका अध्यक्ष मेजर हितमान गुरुङले एकअर्कामा परिचय गर्ने, भेटघाट गर्ने, आपसी सद्भावको विकास गर्ने, आत्मीयता, मित्रता र सम्बन्धलाई दरिलो र प्रगाढ पादै लैजाने परिवारको उद्देश्य रहेको बताउँदै उपस्थितिका लागि प्रमुख अतिथिलगायत सबैलाई धन्यवाद दिए । साथै, उनले मिशन २०२५ को अवधारणा प्रस्तुत् गर्दै आगामी दिनमा संस्थाको जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण गर्ने बताउँदै समाजको विकासका लागि सल्लाह र सुझावको अपेक्षा व्यक्त गरे ।
परिवारका अध्यक्ष मेजर हितमान गुरुङ, प्रमुख अतिथि खेन्पो शीरलामा गुरुङ, विशेष अतिथि तमूधि यूकेका अध्यक्ष हरि गुरुङ, जेष्ठ सदस्य क्या.रि पूर्ण बहादुर गुरुङले दीपप्रज्ज्वलन गरी शुरुवात भएको उक्त कार्यक्रममा हालै सन्तान लाभ भएका, वैवाहिक बन्धनमा बाँधिएका, विभिन्न संघसंस्थाको नेतृत्वमा पुगेका, ८४ वर्ष पूरा गरेका जेष्ठ सदस्यलगायतका आमाबुबा, दाजुभाइ, दिदीबहिनी, छोरीज्वाइँलगायत परिवारका सदस्यहरुलाई खदा लगाई बधाई ज्ञापन गरिएको थियो ।
तान्चोक नौजे पैंगीलामा परिवार यूकेका अध्यक्ष मेजर हितमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परिवारका वरिष्ठ उपाध्यक्ष मिनबहादुर गुरुङले स्वागत मन्तब्य राखेका थिए भने महासचिव प्रेमबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा